सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १६ – काठमाडौं, बेमौसमी झरीका कारण काठमाडौंबाट विभिन्न जिल्लाका लागि तय भएको १० भन्दा बढी हवाई उडान रद्द गरिएको छ । खराब मौसमका कारण बुद्ध एयरले पोखराका लागि राखेको ४ वटा उडान, सिम्रिक एयरले पोखराकै लागि राखेको उडान र गोमा एयरको पोखरा, लुक्ला र फाप्लुका लागि राखेको उडान पनि रद्द भएका छन् ।
नेपाल एयरलायन्सले खोटाङको खानीडाँडा, यति एयरको पोखरा उडान पनि रद्द भएका छन् । मध्यान्हसम्मका धेरैजसो उडानहरु रद्द भएपनि १२ बजेपछि मौसममा सामान्य सुधार भएपछि त्यसपछिका उडान सुचारु भएको सम्बन्धित एयरलायन्स कम्पनीहरुले जनाएका छन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा