सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १६ ,काठमाडौं । डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा नयाँ पार्टी गठन हुने भएपछि केशरबहादुर विष्टसहित ७१ जनाले राप्रपा छाड्दै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लै परित्याग गरेका लोहनीले नयाँ राजनीतिक दलको गठन गरेका छन् । उनले आज नयाँ दललाई वैधानिक रुपमा निर्वाचन आयोगमा दर्ता गराउने भएका छन् । पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) राखिएको छ । राप्रपा महाधिवेशनको एक महिना नबित्दै फागुन २९ गते उनले पत्रकार सम्मेलन गरी राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टलाई राखिएको छ । दलको केन्दीय कमिटी ७१ सदस्यीय गठन गरिएको छ ।
उनले चुनाव चिन्ह ‘हलो’ माग दाबीसहित बुधवार निर्वाचन आयोगमा दल दर्ता गरिने जानकारी दिए । अध्यक्षमा डा लोहनी, वरिष्ठ नेता केशरबहादुर विष्ट तथा बाँकी सबै केन्द्रीय सदस्य रहने छन् । नयाँ पार्टीमा श्याम सिंह सिन्हा, तारानाथ लुईँटेल,राम प्रसाद साह ‘भोला’ ,मिन कुमार कुँवर, रञ्जन खनाल, कमल चुडाल , डा सुरेश बस्नेत, वृजलाल यादव, नानी मैया आचार्य, झनक प्याकुरेल, कृष्ण खरेल ,प्रभाकर सिंह , रुप सिंह थापा र डा।सुष्मा शर्मा लगायतका छन् । राप्रपामा छँदा चुनाव चिन्ह गाई कि हलो भनेर बहस भएकोमा बिमति भएपछि लोहनी असन्तुष्ट बनेका थिए । राप्रपा अध्यक्ष कमल थापाले हलोमा सहमती भएपनि जबरजस्ती गाई नै चिन्ह राख्ने निर्णय गरेको लोहनीको आरोप छ
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा