सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो
नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका शिक्षक भर्ना गर्न लागिएको हो ।
१ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।
आगामी चैत १५ गते सञ्चालन हुने परीक्षाको लागि आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा