सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनि भायानेटले उच्च स्पीड भएका अल्ट्रा–फाई लाइनका प्रोडक्टहरु ल्याएको छ ।
अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रति महिना . १ हजार २५० पर्ने कम्पनिले जनाएको छ । यसका साथै भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गरेको छ थजसको कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्ये एक बनेको छ ।
सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य प्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क( अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ । भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको इल्ग्क मेश सपोर्ट गर्न सक्षम छ र चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायती मेश वाईफाई ल्याउने बताएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा