सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १५ ,काठमाण्डौ। एसिया कप छनौट अन्तर्गत नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । मनिलाको रिजल मेमोरियल रंगशालामा नेपालले स्थानीय समय अनुसा साँझ पौने ६ बजे घरेलु टोली फिलिपिन्सको सामना गर्नेछ । एएफसी सोलिडारिटी कपको उपाधि जितेसँगै नेपालले एसिया कपको छनाेट खेल्ने अवसर पाएको हो । फिफा वरियतामा १ सय ७० औं स्थानमा रहेको नेपालका लागि आज १ सय २४ औं स्थानमा रहेको फिलिपिन्सविरुद्धको खेल निकै कठिन हुनेछ । पछिल्लो १४ महिनादेखि अपराजित नेपालले आज उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
फिलिपिन्सविरुद्धको पछिल्ला तीन खेलमध्ये नेपाल सबैमा पराजित भएको छ । पछिल्लो समय सन् २०१३ मा कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो । सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजिले फिलिपिन्स माथिल्लो स्तरको टोली भए पनि आफ्नो टोली सन्तुलित रहेको बताएका छन् ।
उता फिलिपिन्सका प्रशिक्षक थोमस डेनिसले नेपाली टोलीमा धेरै परिवर्तन आइसकेकोले सर्तक भएर मैदानमा उत्रने बताएका छन् । एसिया कप छनौट अन्तर्गत समुह ‘एफ’ मा नेपाल सहित ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । नेपालले यी तीन देशसँग ६ खेल खेल्नेछ । समुहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एसिया कपमा स्थान बनाउने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा