सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको अन्तिम दिन सेयर बजार ४९ अंकले घटेको छ । अधिकांश समुहहरु घटेको बजार घटेर २ हजार ५ सय ८४ दशमलब ६१ बिन्दुमा आइपुगेको छ ।
आज ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर ४७ हजार ८६४ पटक ३ अर्ब ४१ करोड ३५ लाख भन्दा बढि रुपैया बराबरको कारोबार भएको छ ।
आज सर्बाधिक जिबन बिमा समुह २३०.८३ अंकले घटेको छ भने निर्जिबन बिमा समुह २४५.८५ अंकले घटेको छ । बिकास बैक १८९ अंकले घट्दा उत्पादन समुह १५३.६७ अंकधले घटेको छ । त्यस्तै, माइक्रो फाइनान्स ८४.४ अंकले घट्दा हाइड्रो पावर ६६.६५ अंकले घटेको छ ।
आज सर्बाधिक समलिङगी पावर कम्पनि र न्यादी हाइड्रोको सेयर करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्पौरेट डेभलपमेन्ट बैकको सेयर मुल्य ६.८० प्रतिशतले घट्दा मैलुङखोला जलबिद्युत आयोजनाको सेयर मुल्य ६.६५ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै महालक्ष्मि बिकास बैकको सर्बाधिक धेरै १२ करोड ४३ लाख ३९ हजार रुपैया भन्दा बढिको सेयर किनबेच भएको छ । भने नेशनल हाइड्रोपावर कम्पनिको २ लाख ६८ हजार ८२ कित्ता सेयर कारोबार भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा