सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वका विभिन्न मुलुकमा कोरोनाको त्रास बढ्दो छ । हरेक राष्ट्रले कोरोनाको नयाँ भेरियन्टबाट आफ्नो देशको नागरिक बचाउन थुप्रै रणनिति अप्नाइरहेका छन् । कोरोनाको जोखिम झनै बढेकाले सरकारले पनि अत्यावश्यक काम बाहेक बाहिर नजान आग्रह गरिरहेको छ ।
त, हाम्रो देशमा कोरोनालाई सामान्य रोगजस्तो मात्र मानिएको छ । सबै जना निस्फ्रिकी भएर हिडेका छन् । हरेक ठाँउमा मानिसहरुको भीडभाड यत्तिकै छ । फुटपाथ पसलदेखि लिएर सडक छेउका मानिसको चर्को भीडलाई छिचोल्न हम्मेहम्मे पर्दछ ।
बिना मास्क, स्यानिटाइजर र भौतिक दुरीको पालना नगरि नेपाली नागरिकहरु जथाभावी डुलिरहेका छन् । यसको गतिलो उदाहरणका रुपमा कालिमाटी फलफुल तथा तरकारी बजारलाई पनि लिन सकिन्छ । तरकारी बजारभित्र मानिसहरुको अत्याधिक चाप रहने गरेको छ ।
उपत्यका बाहिरका जिल्लाबाट उक्त तरकारी बजारमा सामानहरु ढुवानी हुन्छन् । खुद्रा पसलेले पनि त्यहीबाट तरकारी किनेर लगेर बिक्रीवितरण गर्दछन् । बजारमा तरकारी लिन जानेहरुले सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई खेलाइचीको रुपमा लिएको प्रस्ट देखिन्छ ।
न भौतिक दुरीको पालना भएको छ न त कसैको मुखमा मास्क नै छ । व्यापारी देखि लिएर सर्वसाधारणले कोरोनालाई हेलचेक्रेईको रुपमा लिएका छन् । नेपालको उत्पादन मात्र नभई भारत र अन्य मुलुकका सामानहरु तरकारी बजारमा झारिरहेको हुन्छ ।
अन्य देशबा आएका तरकारी र फलफुलको परीक्षण त हुदैन् साथै सामान ढुवानी गर्नेको पनि कोरोना परीक्षण भएको छैन् । खरिदबिक्री गर्ने नाममा कोरोना फैलाउने काम मात्र भइरहेको छ भने स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालय मौन बसेको छ ।
त्यहाँ कुनै पनि सम्बन्धित निकायको आँखा पुग्न सकेको छैन् । यदि कोही कोरोना संक्रमित तरकारी किन्न आयो भने त्यहीबाट भव्य कोरोना फैलने निश्चित देखिएको छ । कालिमाटीमा मात्र नभइ बल्खुस्थित रहेको तरकारी बजारको हाल पनि उही नै छ ।
कोटेश्वर तिनकुने र धुम्बाराहीको तरकारी बजार पनि अरुभन्दा भीडमा केही कम छैन् । अधिकांश तरकारी बजारमा मानिसको उल्लेखीय भीड देख्न सकिन्छ । भीडमा कसैले पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । तरकारी खाने निहुमा हामी कोरोना संक्रमित बनिरहेको छौ ।
हाम्रो कारणले अझै कतिपयलाई समेत कोरोना लाग्न सक्ने सम्भावना देखिएको छ । बजारभित्र भएका हुलमुलबाट जनता बचाउन सम्बन्धित निकायले खासै चासो दिएको छैन् । स्वास्थ्य मापदण्डको पालना कति जरुरी छ, कोरोना अझै पनि कायमै छ ।
मास्क र सामाजिक दुरीलाई प्राथमिकता दिनुपर्छ भनेर मातहतका निकायले सर्वसाधारण जनचेतना फैलाएका छैनन् । मास्क नलगाई दादागिरी गरेर हिड्नेलाई कारबाही पनि गरिएको छैन् । हाल महाधिवेशनको रौनक छाएको छ । एमालेको दश औ महाधिवेशन केही दिनअघि मात्र सिद्धिएको छ भने रापप्राको प्रारम्भ भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा आफ्नो महाधिवेशन भव्य रुपमा सञ्चालन गरेको छ । तर, त्यस कार्यक्रममा सहभागी भएका कसैले पनि मास्क लगाएको देखिएन् । ठुल्ठुला राजनितिक पार्टीका शीर्ष नेताहरु नै बिना मास्क मञ्चमा गएर भाषण ठोकेको देखियो ।
राजनितिकहरु जनताको स्वास्थ्यलाई ख्याल नै नगरि कार्यक्रम गरिरहेको छ । आफ्नो मतलबको लागि राजनितिक दलहरु भेला गर्ने, जनता जम्मा गर्ने यसको मुल्य भने जनताले चुकाउनपर्ने । राजनितिक दलहरुले जनता मार्ने काम गरिरहेको छन् ।
यस्ता कार्यक्रमहरु सञ्चालनमा रोक लगाउन सरकारले कुनै पनि निति ल्याएको छैन् । आफ्नो जिम्मेवारीबाट सरकार भागेको छ भने आफ्नो भुमिका निभाउनमा सरकार असफल देखिएको छ । तरकारी बजारमा भएको भीडभाडलाई रोक्न काठ्माडौका प्रमुख जिल्ला अधिकारी मौन बसेको छन् ।
सिडियोद्धारा कुर्सी ढाक्ने र व्यापारीले दिएको फल चाख्ने काम मात्र भएको जस्तो देखिन्छ । तलब पकाउने भन्दा अरु केही काम काठ्माडौका सिडियोले गर्न सकेका छैनन् । कोरोना नियन्त्रण गर्न र जनता बचाउनका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु भुमिका निर्वाह गरेका छैनन् ।
भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु पनि अनुगमनमा निस्किन तयार देखिएका छैनन् । जसको कारण व्यापारीहरुको मनोबल बढ्दै गएको छ । उनीहरुले कोरोनाको मापदण्ड पालना गर्न आनाकानी गरिरहेको छन् । तर, पनि प्रमुख जिल्ला अधिकारीहरु हातमा हात राखेर बसिरहेको छन् ।
कुनै पनि क्षेत्रमा संलग्न व्यक्तिहरुले स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् भने कोरोनानियन्त्रण गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले एउटा पनि योजना अघि सारेको छैनन् । पहिलो र दोस्रो लहरको कोरोना फैलिँदा बेड र अक्सिजनको अभावमा धेरै मान्छेहरु बिते ।
कतिपय कोरोना लागेकाहरु बेड नपाएर अस्तालको गेटमै मर्न बाध्य भए । अक्सिजन नपाएर कति त छट्पटाएर पनि मरे । निजी अस्पतालले मनलागि पैसा लिएर कोरोना लागेको बिरामीलाई ठगे । यता, सरकारी अस्पतालबाट कसैले अपेक्षा राख्ने ठाँउ बाँकी थिएन् ।
गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोरोनाबाट जनता बचाउन सोच विचार गर्ने बेला भएको छ । सरकारले सबै जनतालाई सतर्क रहन सुसुचित गरिदिनुपर्दछ । काठ्माडौमा धेरैजसो बाहिरी जिल्लाका मानिसहरु बसोबास गर्छन् । सरकारले कोरोना नियन्त्रण गर्न बहालमा बस्नेहरुलाई आफ्नो गाँउठाँउ फर्किन आग्रह गर्दा पनि उपत्यकाको जनसंख्या निकै नै पातलिन्छ ।
जसले कोरोनाको जोखिमलाई केही हदसम्म कम गर्न सक्दछ । मानिसहरु बिना काम घुमफिर गर्न उपत्यका आइरहेको छन् । अनावश्यक काममा काठ्माडौ आँउछन् डुल्छन्, घर फर्किन्छन् । यसले पनि कोरोनालाई चुनौती दिइरहेको छ ।
उपत्यकाभित्रका तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीले कसरी जनता बचाउन सकिन्छ ? कोरोना न्युनिकरण गर्न कुनै पनि योजना बनाएको छैन् । मेयरहरुले पनि ट्वाल्ल हेरेर बसेका छन् । उपत्यकाबासीलाई कसरी सुुरक्षित बनाउन सकिन्छ भनेर मेयरहरुले पनि चासो दिएका छैनन् ।
नेपालमा कोरोनाको जोखिम बढ्ने देखिन्छ । सरकारले बेलैमा ध्यान नपुप्याउन नसक्ने हो भने कोरोनाले ठुलो क्षति हुनसक्ने विज्ञहरु बताउछन् । उपत्यकाभित्र छिर्ने नाका नै कडा गर्ने समय आइसकेको छ । अहिलेदेखि नै यसविषयमा ध्यान पुप्याउनुपर्नेछ ।
अस्पतालमा बेड र अक्सिजनको व्यवस्था मिलाउने हो कि ? क्वारेन्टिन निर्माणमा पनि सरकारले चासो पुप्याउने हो कि ? सरकारले पहिलो र दोस्रो लहरको कोरोनालाई बेवास्ता गर्दा धेरै जनता मरे । अब पनि सरकार यसरी नै हेरे बस्ने हो भने अझै हजारौ जनता मर्न सक्नेछन् ।
यसमा सरकार अलिक जिम्मेवार हुने हो कि ? विदेश आउने जानेहरुलाई सरकारले रोकिदिने हो कि ? उडान, लामो दुरीको गाडी सञ्चालनमा रोक लगाँउदा पनि कोरोना कम गर्न सकिन्छ । तर, हरेक व्यवसायीहरु सरकारले लकडाउन गर्ने हो कि भनेर चिन्तित छन् ।
अब कोरोना फैलिन्छ भनेर अधिकांशलाई अवगत भइसकेको छन् । कोरोनाको जोखिमसंगै सरकारको जनता बचाउने पहिलो कदम भनेकै लकडाउन हो । लकडाउन हुन्छ कि भनेर यातायात व्यवसायीहरु लगातार प्रधानमन्त्रीका धाइरहेका छन् ।
जनताभन्दा ठुलो व्यवसायी हो ? कर ठुलो कि जनता ? यसको जवाफ राज्यले दिनुपर्छ । जनता कोरोना लागेर दैनिक मरिरहेको छन् । तैपनि सरकार कानमा तेल हालेर बसेको छ । नेपालको संविधानमा जनताको बाच्ने अधिकार लेखेको छ कि छैन ?
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा