सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १५ ,काठमाडौं – इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाएका छन् । ६ चौकाको मद्धतमा उनले ७७ बलमा ५३ रन बनाएका हुन् । नेपालले २ सय ५८ रनको लक्ष्य पछ्याइरहेको हो । नेपालले २९ ओभर २ बलमा ४ विकेट गुमाउँदा १ सय १५ रन बनाएको छ ।
नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । नेपालका अभिनाश कर्णले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए । यस्तै मेहबुब आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए ।
सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एशोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समूह ‘बी’ मा भारत, श्रीलंका, मलेसिया र हङकङ छन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा