सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– नेपाली सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९१ हजार ४०० मा कारोबार भइरहेको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५०० थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २०५ तोकिएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा