सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर -चैत्र १५ ,बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट बाहिरिएका सो पार्टीका नेता तथा कार्यकर्ताले बुधवार भक्तपुरमा समानान्तर राष्ट्रिय भेला आब्हान गरेका छन । भेला आयोजक समितिका संयोजक निर्मल भट्टराईका अनुसार राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झण्डै एक हजार प्रतिनिधि सहभागी हुनेछन । निर्मल भट्टराईसहित नयाँ शक्ति केन्द्रिय परिषदका सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र राम राज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विद्रोही समूहले आगामी बैशाख ३१ गते हुन लागेको निर्वाचनमा भाग लिने निर्मल भट्टराईले जानकारी दिए ।
बाबुराम भटट्राईले बिदेशीको इशारामा स्थानीय तहको निर्वाचनको विरोध गरेर मधेशकेन्द्रित दलहरुको लाइनमा गएर अन्तत स्थानीय तहको निर्वाचनमा संघीय समाजबादी पार्टीसँगको सहकार्य गर्ने भएपछि आफूहरुले पार्टी परित्याग गर्नु परेको निर्मल भट्टराईले बताए । रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै संयोजक निर्मल भटट्राईले बाबुरामले मधेशी मोर्चाका एजेण्डा बोकेको,जातीय क्षेत्रीय राज्यलाई पहिलो प्राथामिकता दिएको, भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने प्रवृत्ति प्रदर्शन गरेको आरोप लगाए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा