सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमण्डौ चैत्र १५ ,चौविस घण्टामा सर्वाधिक भ्युअर्स बटुल्दै फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नेपालको युट्युव ट्रेन्डिङमा नम्वर वानमा बस्न सफल भएको छ । आइतबार राती अपलोड गरिएको भिडियोलाई मंगलबार बिहानसम्म ६ लाख नजिकले हेरेका छन् भने सोमबार रातीदेखि भिडियो नम्वर वान ट्रेन्डिङमा छ ।
अभिनेत्री झरना थापाको डेव्यु निर्देशक रहेको फिल्म ‘ए मेरो हजुर २’ मा साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बनियाँ मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् । गीत रिलिज भएसँगै साम्राज्ञी र सलिनको जोडीलाई रुचाइएको छ । फिल्मप्रति दर्शकको प्रतिक्षा थप बढेको छ । सुनिल कुमार थापाको निर्माण रहेको फिल्म भदौ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
भिडियो :
शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका छन् भने कस्ट्युम डिजाइन युवी थापाको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा