सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति “नजर झुकेझैँ लाग्यो” बोलको गीतमा हाल सबैमाझ लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई दर्शकहरुले देख्न पाउनु हुनेछ ।
सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको “नजर झुकेझैँ लाग्यो” बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको छ । राजेश पुमा राईको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया र अथाह स्नेह पाउने अपेक्षा पनि गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा