सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षमार्फत आयातमा कडाइ गरेको छ । आयात तीव्र गतिमा बढ्न र विदेशी विनियम सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले कडा नीति लिएको हो ।
‘विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा भनिएको छ, ‘डकुमेन्ट एगेन्स्ड पेमेन्ट (डिएपी)/डकुमेन्ट एगेन्स्ट एसेप्टेन्सको विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।’
विदेशी विनिमय सञ्चिति घट्ने र आयात तीव्र गतिमा बढ्ने क्रमसँगै सरकारका उच्च अधिकारीहरुले आयातमा कडाइ गर्नुपर्ने बताउँदै आएको पृष्ठभूमिमा राष्ट्र बैंकले कदम चालेको हो ।
त्यसैगरी, ड्राफ्ट र टिटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ ।
व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेन्टी जारी गर्न सक्ने व्यवस्था मिलाउने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।
विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने पनि मौद्रिक नीति समीक्षमा उल्लेख छ ।
गैरआवासीय नेपालीहरू तथा गैरआवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको छ । विदेशी मुद्राको नन डेलिभरेबल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिने बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा