सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी / लन्डन । फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् ।
दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरुले हवाई जहाज र डुंगाबाट उद्दार गरेका छन् ।
सो घटनाबाट आफू निकै दुःखी भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । फ्रान्सका गृहमन्त्रीले सो दुर्घटनामा दुई जनाको मात्र उद्दार भएको जानाकारी दिएका छन् ।
दुर्घटनाबारे अनुसन्धान गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र बेलायती प्रधानमन्त्रीले सहमति जनाएका छन् ।
बुधबार भएको सो दुर्घटना सन् २०१४ पछिकै ठूलो र डरलाग्दो भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।
दुर्घटना भएको नहर विश्वकै व्यस्त जल मार्ग मानिन्छ
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा