सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी ,नयाँ दिल्ली, चैत १५ – कपिल शर्मा र सुनिल ग्रोवरका प्रशंसकका लागि एउटा खुसीको खबर छ । कपिलसँगको झगडापश्चात् कार्यक्रम छोडेका भनिएर सुनिल ग्रोवरले कार्यक्रम नछोडेको र उनी सुटिङका लागि फिर्ता भएको बताइएको छ । एएनआईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले सो कुराको जानकारी दिएको हो । सुनिल मात्र नभई कार्यक्रमका अन्य सदस्य चन्दन प्रभाकर र अली असगर पनि कार्यक्रममा फिर्ता हुने खबर भारतीय मिडियाले प्रकाशित गरेको छ ।
स्मरण रहोस्, केहि दिन पहिले अष्ट्रेलियाबाट दिल्ली आउने क्रममा विमान भित्रै भएको झगडा पछि सुनिलले कार्यक्रमको सुटिङ गर्न अश्विकार गरेका थिए । सुनिलले मात्र नभई कपिलको अभद्र व्यवहारका कारण अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कपिलको साथ छोडिदिएका थिए । कार्यक्रममा सदस्यको कमीका भएकाले कपिलले तापसी पन्नू र मनोज बाजपेयीको कार्यक्रमका लागि राजू श्रीवास्तव, सुनिल पाल र एहसान कुरैशीलाई बोलाएका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा