सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । पछिल्लो एक सातामा अमेरिकामा कोरोना संक्रमण दर १८ प्रतिशतले लगातार बढिरहेको छ । यस अबधिमा ९२ हजार ८ सय प्रतिदिन संक्रमित थपिएका छन् । यो दर अमेरिकाका प्राय भागमा देखिएको छ जुन पछिल्लो बर्ष कोभिड–१९ उछालको दौरान देखिएको थियो । अमेरिका अहिले पनि ४.८७ करोड संक्रमित र ७.९४ लाख मुत्युसँग पहिलो स्थानमा रहेको छ ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको एजेन्सिद्धारा संकलित आकडा अनुसार कोभिढ–१९ पुष्टि भएका बिरामीहरु एक बर्ष पहिलाको तुलनामा देशको १५ राज्यको आइसियुमा राखिएको छ । कोलोराडो, मिनेसोटा र मिशिगनमा कोरोनाको अवस्था भयावह रहेको छ । यी अस्पतालहरुमा भर्ना दर क्रमश ४१, ३७ र ३४ प्रतिशत रहेको छ ।
यता, अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले जर्मनी र डेनमार्कको यात्रालाई लिएर चेतावनी दिएको छ । हाल सीडीसीले विश्वभरका ७५ स्थानको यात्रामा रोक लगाएको छ जसमा अधिकतम यूरोपेली देशहरु पर्दछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा