सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण रोकिए अष्ट्रेलिया र जापान जान नपाएका नेपाली बिद्यार्थीहरु पुन जान पाउने भएका छन् ।
अष्ट्रेलिया र जापान सरकारले बिद्यार्थीहरुको लागी पुन प्रवेशाज्ञा (भिसा) खुलेको हो । कन्सल्टेन्सिहरुको छाता संगठन इक्यानले एक पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायतका लागी आवागमन खुला गर्ने निर्णय गरेको छ ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार अष्ट्रेलिया सरकारले आवागम खुल्ला गरे पनि नेपाली बिद्यार्थीहरु पढ्न जाने बिभिन्न सिटिहरुको आफनै नियम पनि भएकोले उनीहरुले के–कस्ता नियम लागु गर्छन त्यसमा पनि भर पर्ने बताए ।
उनले बिदेश पढ्न जानु अघि बिस्तृत रुपमा बुझेर मात्र प्रोसेस गर्नको लागी बिद्यार्थी तथा अभिबाबकहरुलाई आग्रह समेत गरेका छन् ।
अष्ट्रेलिया सरकारले मान्यताप्राप्त कोरोना बिरुद्धको पुर्ण खोप लगाएकाहरुलाई भिसा दिने निर्णय गरेको हो ।
त्यस्तैगरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक बाहेक सबैलाई भीसा दिने निर्णय गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा