सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल बङ्गलादेश बैंकका नबनियुक्त अध्यक्ष ए.आर एम. नजमुस शकिबले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज एक कार्यक्रमका बिच अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंक लि. को उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको थियो ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा