• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / पत्रपत्रिका

    चीनले माग्यो रेलमार्ग निर्माण प्रस्ताव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १५, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    चीनका राष्ट्रपति सी जिनपिङले केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि ठोस प्रस्ताव ल्याउन नेपाललाई आग्रह गरेका छन्। चीनको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अन्तर्गत पर्ने सडक तथा रेल कनेक्टिभिटी (सञ्जाल) लाई सहयोग गर्ने चीनको घोषित नीति रहेको औंल्याउँदै उनले नेपालले रेलमार्ग निर्माणको प्रस्ताव गरे उचित हुने बताएका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

    साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीबीच सोमबार बेइजिङमा भएको भेटमा उक्त प्रस्ताव चिनियाँ राष्ट्रपतिबाट आएको हो। ‘केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सर्भे गर्ने प्रस्ताव नेपालले गर्दा उचित हुन्छ। ओबिओआर अन्तर्गत पर्ने सडक तथा रेल सञ्जाललाई सहयोग गर्न चीन तयार छ’, दाहाल र सीबीचको भेटमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले राष्ट्रपति सीलाई उद्धृत गर्दै भने। ओबिओआर चिनियाँ राष्ट्रपतिले विशेष चासोका साथ अघि बढाएको चिनियाँ महत्वाकांक्षी योजना हो। दाहालसँगको भेटवार्ता पनि चिनियाँ राष्ट्रपतिले ओबिओआरलाई विशेष रूपमा उठाएका थिए। भेटमा राष्ट्रपति सीले भने, ‘हामी ओबिओआरका सम्बन्धमा विभिन्न पक्ष राष्ट्रहरूसँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरी छिट्टै ओबिओआर सम्मेलन गर्दैछौं। नेपालले पनि सम्मेलनअगावै एमओयुमा हस्ताक्षर गरिदियोस् भन्ने हाम्रो अपेक्षा छ।’ चिनियाँ राष्ट्रपतिले ओबिओआरलाई गम्भीरताका साथ उठाएपछि प्रधानमन्त्री दाहालले यसअघि यससम्बन्धी एउटा एमओयुमा नेपालले हस्ताक्षर गरिसकेको स्मरण गराउँदै विस्तृत एमओयुमा हस्ताक्षर गर्ने तयारी भइरहेको जानकारी गराएका थिए।

    कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न नेपालले आग्रह गरेपछि चिनियाँ राष्ट्रपति केरुङ–काठमाडौं रेल ओबिओआर योजनाअन्तर्गत पर्ने जनाउँदै निर्माणका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेका थिए। ‘ओबिओआरसम्बन्धी विस्तृत समझदारीपत्रमा हस्ताक्षर गर्न हामीले तयारी गरिरहेका छौं। छिट्टै यो समझदारीपत्रमा नेपालले हस्ताक्षर गर्नेछ’, प्रधानमन्त्री दाहालले सीसँगको भेटमा प्रतिबद्धता जनाएका थिए। भेटमा प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपतिसँग आग्रह गरेका थिए। तातोपानी नाकाको ऐतिहासीक महत्व रहेको उनले स्मरण गराएका थिए। २०७२ वैशाख १२ गते गएको भूकम्पले तातोपानी नाकामा ठूलो क्षति पुर्‍याएपछि सो नाका सञ्चालनमा आउन सकेको छैन। नेपालले बारम्बार नाका खोल्न आग्रह गरे पनि चीनले ‘संवेदनशील’ भन्दै खोल्न आनाकानी गर्दै आएको छ। ‘तातोपानी नाका खुलाउन म व्यक्तिगत रूपमा कोसिस गर्छु। यो नाका तिब्बतमा पर्ने हुँदा तपाईंले तिब्बत सरकार प्रमुखसँग पनि कुरा गर्नुहोला,’ चिनियाँ राष्ट्रपति सीले भनेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑