सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफना ग्राहकहरुको थप आवश्यकता पूरा गर्न “नबिल एक्ट्रा फिक्स डिपोजिट खाता ” संचालनमा ल्याएको छ । यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरुलार्ई लक्षित गरी संचालनमा ल्याईएको बैकले जनाएको छ ।
“नबिल एक्ट्रा फिक्स डिपोजिट खाता ” ग्राहक महानुभावको माँझ सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दति खाता भएको बैकले बिज्ञप्तिमा जनाएको छ । यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ । यसका साथै ग्राहकहरुलाई कुनै पनि न्यूनतम रकमको सिमा तोकिएको छैन र यस योजना अन्तर्गत तिन महिना वा बढी अवधिका लागि ग्राहकहरुले खाता खोलि यसको लाभ लिन सक्नेछन ।
बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा