सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक (पी.एस.पी), ’खल्ती’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनय खड्का नियुक्त भएका छन् । २७ वर्षको उमेरमा सिइओ बनेका खड्का नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ हुन् ।
आफ्नो क्यारियरमा खड्काले नेतृत्व भूमिकाहरूमा गहन अनुभव बटुली सकेका छन् । उनले ’खल्ती’को व्यवस्थापन समितिसँग मिलेर ’खल्ती’को वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिने भिजनमा काम गर्नेछन् ।
“म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरि भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु ।“ खड्काले भने ।
सीईओ नियुक्तिको अवसरमा कम्पनीमा अभिन्न भूमिका निर्वाह गर्दै आएका ‘खल्ती’का चारैजना सह–संस्थापक तथा निर्देशकहरुले आ–आफ्नो सामाजिक सञ्जालमा यसबारे लेखेका छन् ।
अमित अग्रवाल भन्छन् “खल्ती अहिलेको सन्दर्भमा नविन, युवा–मैत्री तथा प्रचलित ब्रान्ड हो जसमा हामी २६ वर्षको औसत उमेरका संख्यामा २३०+ जना रहेका छौं। ‘खल्ती’ मा नयाँ लिडर सँगै ‘खल्ती’ नयाँ उँचाइ मा पुग्नेछ भन्नेमा हामी विश्वस्त छौं । सम्पूर्ण खल्ती परिवार उनको साथमा काम गर्न उत्सुक छन् ।”
मनिष मोदीले भनेका छन्, “म विश्वस्त छु कि युवा नेतृत्वमा खल्ती ठूलो उँचाइमा पुग्ने छ। देशमा आर्थिक क्रान्ति ल्याउनका निमित्त म, मेरा सह–संस्थापकहरूको टोलीसँगै अझै मिहिनेत गर्नेछु ।”
ध्रुव अधिकारीले लेखेका छन्, “एक कदम पछाडि गएर दुई कदम अगाडि बढ्ने बेला आएको छ। त्यसैले हामीले हाम्रा विश्वास र आकांक्षाहरू यी विगत केही वर्षहरूमा भएका भन्दा पनि बढाएका छौं। खल्तीका लागि सीईओको रूपमा नियुक्त भएका श्री विनय खड्काले अब २३०+ रहेका खल्ती परिवारसँग मिलेर “मिशन डिजिटल“ लाई अघि बढाउने छन्। उनलाई यस परिवारमा स्वागत गर्न पाउँदा म अत्यन्तै खुसी छु र हामी अझ धेरै नेपालीको फोन र मनमा पुग्ने छौं भन्ने कुरामा म विश्वस्त छु।”
अरविन्द साह भन्छन्, ”समाजमा वित्तीय साक्षरता सहित विद्युतीय भुक्तानिको पहुँच सबै नेपाली माझ सजिलै होस भन्ने सोच सहित ‘खल्ती’ ले आफ्नो दक्ष कार्यकारी प्रमुख पाएकोमा सबैलाई बधाई सहित जिम्मेवारी पाउनु भएको विनय खड्का जी लाई वित्तीय साक्षर समाज निर्माणको लक्ष्य प्राप्तिको लागि शुभकामना। साथै यो अभियानमा सबैको साथको लागि हार्दिक अनुरोध गर्दछौँ ।”
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ को प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या २० लाखभन्दा बढि छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा