सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १४, २०७३- नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच ५ वर्षको लागि पेट्रोललियम खरिदबिक्रीको सम्झौता भएको छ ।
सम्झौतामा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र भारतीय आयल कर्पोरेशनका कार्यकारी निर्देशक पीके दासले हस्ताक्षर गरेका हुन् ।
यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली हिजै भारत गएका थिए ।
सम्झौतापछि भारतीय आयल कर्पोरेशनले जारी गरेको विज्ञप्तीमा सम्झौतामा नेपाल आयल निगमलाई चाहिने डिजेल, मट्टितेल, हवाई इन्धन, एलपी ग्याससहित सबै पेट्रोलिमय पदार्थ भारतीय आयल कर्पोरेशनले उपलब्ध गराउने जनाइएको छ ।
अब भारतबाट आउने तेल थप सस्तो हुनेछ । यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुने विश्वास गरिएको छ ।
गत वर्ष भारतीय नाकाबन्दीको क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पेट्रोलियम पदार्थ ल्याउन सक्ने गरी बाणिज्य तथा आपूर्ति सन्धी गरेका थिए ।
तर, त्यसयता सरकारले भारतबाहेकका देशबाट पेट्रोलियम ल्याउन कुनै तत्परता देखाएको छैन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा