सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । एस आइ यु के नेपालले मङ्सिर ५ गते आइतबार पुतलीसडक स्थित कार्यालयमा युके युनिभर्सिटी फेयर २०२१ को आयोजना गर्ने भएको छ ।
बेलायत पढ्न जान चाहाने बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उदेश्यले सन् २०१८ देखि नेपालमा सेवा सुचारु गरेको एस आइ यु केले नेपालबाट मात्र नभएर अन्य २३ देशहरुबाट प्रत्यक वर्ष चालीस हजार अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गरिरहेको छ ।
सबै देशका शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एस आइ यु केले पोष्ट प्यान्डामीक नबिनतम परिवर्तित भिजा नियम र बेलायती शिक्षण पद्धतिका बारेमा सत्य तथ्य जानकारी गराउन उक्त शैक्षिक मेलाको आयोजना गर्न लागेको एस आइ यु केका नेपाल प्रमुख बिनय अधिकारीले जानकारी गराउनुभयो । उक्त शैक्षिक मेलामा युकेका वीस प्रशिद्ध बिश्वबिद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई युकेमा अध्ययन अबसर र चुनौतीका बारेमा जानकारी गराउने जनाइएको छ ।
फेयरमा बेलायतमा अवस्थित उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूले सम्बन्धित बिद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने छन । शैक्षिक मेलामा युनिभर्सिटी अफ एबर्डिन, अन क्याम्पस क्याब्रीज एजुकेशन ग्रुप, वात्स् पा युनिभर्सिटी, डुर्हम युनिभर्सिटी, स्वासी युनिभर्सिटी, होम्स् इन्स्टिच्युट, क्वीन मार्ग्रेट युनिभर्सिटी, स्टडी ग्रुप, युनिभर्सिटी फर दि क्रीयटीभ आट्स, अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुप लगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरूले नेपाली विद्यार्थीलाई बिशेष छात्रवृतिको समेत घोषणा गर्ने छन । फेयरमा विद्यार्थी र अभिभावकले एकै छानामुनि बेलायतको शैक्षिक प्रणाली, अध्यनार्थ लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र वहन गर्नुपर्ने चुनौतीहरुका बारेमा पूर्ण जानकारी हासिल गर्ने छन् ।
हाल बेलायतले पढिसकेपछि विद्यार्थीहरुलाई २ वर्षको कार्य अनुमति भिसा दिने गरेको छ । विद्यार्थी भिसा भनेको टियर ४ भिसा हो जसलाई टियर २ भिसा अर्थात ‘वोर्क परमिट भिसा’ मा परिवर्तन गर्ने केही मापदण्डहरु रहेका छन । विद्यार्थीको पढाई खर्च उनीहरुले रोजेको विश्वविद्यालय अनुसार फरक पर्दछ । सामान्यत बेलायतमा नेपाली विद्यार्थीलाई स्नातक तह वा त्यसभन्दा माथिको कोर्ष गर्नको लागि वार्षिक खर्च ८ हजार देखि १२ हजार पाउन्डसम्म लाग्छ । यस्तै, औसतमा एउटा नेपाली विद्यार्थीको पढाई खर्च वार्षिक १२ हजार पाउन्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुने गर्दछ । यी र यस्ता बिभिन्न बिश्वबिद्यालय, शैक्षिक पद्धति, खर्च, अध्ययन पछिको अबसरका बारेमा प्रत्यक्ष साक्षात्कार गर्नका लागि एस आइ यु के नेपाल सम्बन्धित बिध्यार्थीहरूलाई अभिभावकको साथमा एस आइ यु के युनिभर्सिटी फेयर २०२१ भ्रमण गर्न आह्वान गर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा