सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वमा यस्ता ठुला–ठुला कम्पनिहरु छन्, जसको मार्केट भ्यालु कैयौ देशको जिडिपिभन्दा बढि छ । जसले रोजगारीको मात्र सृजना गरेको छैन तीनीहरुले आफनो बस्तु तथा सेवाको नयाँ–नयाँ आविष्कार पनि गरेका छन् । यस्ता कम्पनिहरुमा कर्मचारीहरुको संख्या हजारमा नभएर लाखौँमा हुने गर्दछन् । जसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विश्वमा रहेको बेरोजगारीको संख्यालाई घटाएको छ । आउनुहोस् जान्नुहोस् विश्वका यि ५ कम्पनिहरुको बारेमा जसले सबैभन्दा बढि कर्मचारीहरुलाई काम दिएका छन् ।
एसेन्चर
विश्वको टप पाँच कम्पनिहरु मध्ये एसेन्चर पाँचौ स्थानमा पर्दछ । आइटी तथा कन्सल्टेन्सि सेवा दिने यो कम्पनिमा कुल ५ लाख ६९ हजार भन्दा बढि कर्मचारीहरुले काम गर्दछन् । विश्वभर यसको ५०० कम्पनिहरु छन् । पछिल्लो रिपोर्ट अनुसार सन २०२० मा कम्पनिले ४४.३३ विलियन डलर बराबरको मुनाफा आर्जन गर्न सफल भएको थियो ।
फेडेक्स
ट्रान्सपोर्ट तथा ई–कमर्सको काम गर्ने यो कम्पनिमा ५ लाख ७० हजार भन्दा बढिले रोजगारी पाएका छन् । कम्पनिले आर्थिक बर्षको मे–२०२१ सम्म १८३.९५९ विलियन डलर बराबरको मुनाफा आर्जन गरेको छ ।
भल्कस्वागेन
यो कम्पनि विश्वको सबैभन्दा ठुलो अटो कम्पनिमा गनिन्छ । यो कम्पनिमा कुल ६ लाख ६० हजार भन्दा बढिले रोजगारी पाएका छन् । यो एउटा जर्मन मोटर भेहिकल म्यानुफ्क्चर कम्पनि हो ।
अमेजन
अमेजन विश्वको सबैभन्दा ठुलो कम्पनिमा गनिन्छ । यो कम्पनिमा काम गर्ने कर्मचारीहरुको संख्या करिब १२ लाख रहेको छ । कम्पनिले २०२० मा ४२५.०६४ विलियन डलर बराबरको मुनाफा आर्जन गरेको थियो ।
वालमार्ट
कर्मचारीहरुको हिसाबमा विश्वको सबैभन्दा ठुलो कम्पनि वालमार्ट हो । यो कम्पनिमा कुल २२ लाख भन्दा बढि कर्मचारीले काम गर्दछन् । कम्पनिले २०२० सम्ममा ५५९.२ विलियन मुनाफा आर्जन गर्न सफल भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा