सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १४ – सउलः दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ। इपिएसमार्फत रोजगारीका लागि कोरिया आएका इटहरी–६ हलगाडाका २४ वर्षीय तपिन कटुवालको गएराति मृत्यु भएको हो। छुङछङ नाम्दोस्थित खोङजुको जे फर्म फुड कम्पनीको आवासमा सुतेकै अवस्थामा मृत्यु भएको सोलुखम्बु सम्पर्क समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिए।
कटुवाल पाँच महिना अघिमात्र छुट्टीमा नेपाल गएर विवाह गरेर कोरिया फर्केका थिए। सउलस्थित श्रम सहचारी देवराज ढकालले कटुवालको मृत्युको खबर दूतावासलाई प्राप्त भएको बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा