सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ -चैत्र १४ नायिका झरना थापाले निर्देशनमा डेब्यू गरको चलचित्र ‘ए मेरो हजुर २’ को शिर्ष गीत रिलिज भएको छ ।अनमोल केसीको जोडी बनेर ‘ड्रिम्स’बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको दोस्रो फिल्म ‘ए मेरो हजुर २’को गीतले यूट्यूबमा गतिलो दर्शक पाएको छ।
आइतबार साँझ एक कार्यक्रममा बिच सार्वजनिक भएको फिल्मको शीर्ष गीतले २४ घण्टाको अवधि नबित्दै झण्डै साढे तीन लाखको हाराहारीको भ्यू काउन्ट पार गरेको छ। गीतमा उनले डेब्यू नायक सलिन मान बाँनियासँग रोमान्स गरेकी छन्। झण्डै माइनस १० डिग्रीको तिलिचोको चिसोमा छायाँकन गरिएको गीतले लोकेसनका लागि सर्वाधिक तारिफ पाइरहेको छ।
यूट्यूबमा गीतलाई औषत भनेर कमेन्टहरू गरिएको छ भने लोकेशनलाई असाध्यै राम्रो भनेर तारिफ गरिएको छ। संजय लामाको छाँयाकंन रहेको फिल्मबाट झण्डै २० वर्ष नेपाली रजतपटमा अभिनेत्री तथा निर्माताका रूपमा रहेकी झरना थापाले निर्देशन गरेकी हुन्।
गीत सार्वजनिक गरिएको कार्यक्रममा फिल्मको पोस्टर तथा रिलिज मिति समेत सार्वजनिक गरियो। फिल्म भदौ १६ गते रिलिज हुनेछ।
फिल्ममा साम्राज्ञी तथा सलिनका अलावा सलोन बस्नेत, अजश्र ढुंगाना, अम्बर सुबेदी, अनुभव रेग्मी बुद्धि तामाङ, सुमन पौडेल तथा अनुराग मान सिंह कुँवरको अभिनय रहेको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा