सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ ,चैत्र १४,अधिकार सम्पन्न संघीय आयोग बनाएर सहमति गर्न मधेसी मोर्चा सकारात्मक भएकाले स्थानीय तहको निर्वाचन नहुने शंका त्याग्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आग्रह गरेका छन् ।‘संयूक्त मधेसी मोर्चासंग कुरा भइरहेको छ, अधिकार सम्पन्न संघीय आयोग बनाएर अघी बढछौं,’ उनले भने, ‘मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुन्छ तपाईंहरु ढुक्क हुनुहोस् ।’
विराटनगर विमानस्थलमा सोमबार प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री निधिले मोर्चासंग सीमांकनको विषयलाई चुनाव अगाडि नै पारित गरेर जाने कि अधिकार सम्पन्न संघीय आयोग बनाएर प्रदेश र केन्द्रको चुनाव अगाडि टुंग्याउने भन्ने विषयमा कुरा भइरहेको बताए ।स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा निधि पूर्वको सुरक्षा अवस्था बारेमा जानकारी लिन र ६ वर्ष अगाडि भारतीय सीमा सुरक्षा बलको गोली लागेर मृत्यु भएको अमाही बरियाती–७ खयरबनाका वासुदेव साहका परिवारलाई १० लाख क्षतिपूर्ति प्रदान गर्न विराटनगर आएका हुन् ।
विराटनगरमा पूर्वका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, अनुसन्धान प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरीक्षकको भेला भएको छ ।बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पूर्वका सिरहा, सप्तरी, सुनसरी, मोरङमा सुरक्षा संवेदनशीलता भए पनि पहाडी जिल्लाहरुमा सहज अवस्था रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा