सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ जनाको परीक्षण गर्दा नयाँ ५४५ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार ३२६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ७२६ छन् । योसहित कुल निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ ।
देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा