सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संसदीय नेटवर्कको बोर्ड सदस्यमा निवार्चित भएका छन्।
थापाले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत विश्व बैंक र आईएमएफमा आफू निर्वाचित भएको जानकारी दिएका हुन्।
उनले फेसबुकमार्फत खुसी व्यक्त गर्दे भनेका छन्, ‘वर्ष २०२१९२०२३ का लागि विश्व बैंक र आईएमएफमा संसदीय नेटवर्कको बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुसी लागेको छ।’
नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न आफू उत्साहित भएको पनि उनले भनेका छन्।
https://www.facebook.com/thapagk/posts/423202602501634
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा