सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । गएको दुई दिन लगातार ओरालो लागेका शेयर बजारमा आज (बुधबार) भने हरियाली छाएको छ । आज नेप्से ६० दशमलब ५६ अंकले बढेर २,५७१ शशमलब ६६ विन्दुमा पुगेको हो ।
२ अर्ब ६७ करोड ९० लाख भन्दा बढिको कारोबार भएको शेयर बजारमा २१७ वटा शेयरको कारोबार भएको थियो । आज ३४,६४४ पटक कारोबार भएको बजारमा ६१ लख ०१ ह्जार ४१४ पटक शेयरको कारोबार भएको थियो ।
हिजो सबैभन्दा बढि घटेको जिबन विमा आज सबैभन्दा बढि १८९ दशमलब ६९ अंकले बढेको छ भने बिकास बैक १४१ दशमलब ४६ अंकले बढेको हो । त्यस्तै, उत्पादन समुह १२२ दशमलब ८३ अंकले बढ्दा फाइनान्स समुह १२१ द्यशमलब ४९ अंकले बढेको छ भने जलबिधुत १०८ दशमलब ६८ अंकले बढेको छ । तर आज बाणिज्य बैक समुह भने मात्र ३२ दशमलब ६२ अंकले मात्र बढेको छ भने होटल तथा टुरिजम ८९ दशमलब ९७ अंकले बढेको छ ।
उच्च अंकले ओरालो लागेको शेयर बजारमा आजको कारोबारले लगानीकर्ताहरुलाई केही राहात दिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा