सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ।आइतबारदेखि देशभर परेको भारी वर्षापछि आएको बाढी‚ पहिरो र डुबानमा परी दिँउसो १२ बजेसम्म ५२ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी डोटीमा १३ जना छन् भने इलाममा ११ जना छन् । पहिरोले हुम्ला, धनकुटा र पाँचथरमा ६–६ जनाको मृत्यु भएको छ ।
यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
पहिरोमा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँच जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।
कार्तिक लागेपछि परेको अबिरल बर्षाले देशभरको जनजिबन प्रभाबीत पारेको छ भने धनजनको क्षति भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा