सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । कोरोना भाइरस संक्रमण बढेसँगै चिनले आफनो दुई उत्तरी क्षेत्रमा लकडाउन लगाएको छ । चीनको नेशनल हेल्थ कमिशनका अनुसार स्थानीय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सरकारले लकडाउन लगाउने निर्णय गरेको हो । जीरो टोलोरेन्सको निति अनुसार प्रशासनले यो क्षेत्रमा जाँच शुरु गरेसँगै यो क्षेत्रलाई पुर्ण रुपमा सिल गरेको हो ।
हेल्थ कमीशनका अनुसार ९ नयाँ संक्रमित मध्ये ५ जना शाक्सी प्रान्तका रहेका छन भने २ जना चिनको क्षेत्रको मंगोलियामा मिलेको छ । प्रशासनले संक्रमित फेला परेसँगै यो क्षेत्रका मानिसहरु जरुरी काम बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । प्रशासनले भित्रि मंगोलिया क्षेत्रको सबै प्रवेश र निकास द्धार बन्द गरेको छ । यसको साथै ३६ हजार मानिसको कोरोना टेष्ट गरेको छ भने उक्त क्षेत्रमा डिस्इन्फेक्शनको काम शुरु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा