सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम रु. १ लाख भुक्तानी गरेको छ । बैकले दुर्घटना बीमा बापतको दावी रकम ग्राहक स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको हो । स्व. दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए ।
उक्त रु. १ लाखको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ ।
हालसम्म बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएकोे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा