सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल खेल्न लागेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र फरवार्ड अन्जन विष्टले खेलमा प्रवेश नपाउने भएका छन् ।
प्रतियोगिताको लिग चरणको दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरी र फरवार्ड विष्टलाई प्रतिबन्ध लगाएको हो ।
प्रतियोगितामा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका विष्टले दुई पहेँलो कार्ड खाएपछि फाइनल खेल खेल्न नपाउने भएका हुन् । उनले भारतविरुद्ध खेल र बंगलादेशविरुद्ध खेलमा पहेंलो कार्ड पाएका थिए ।
यता अलमुताइरीले फाइनलपछि आफु नेपाली टिममा नरहने बताउृदै आएका थिए ।
भारतीय प्रशिक्षक स्टिमेकले पनि फाइनल खेल गुमाउने भएका छन् । उनले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनले फाइन खेल गुमाउने भएका हुन् ।
नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा