सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आगामी २०७४ सालमा वर्षभरी दिइने सार्वजनिक बिदालाई औपचारिकता दिन सिंहदरबारमा बसेको बैठकमा पृथ्वीजयन्तीको (पुस २७ गते ) दिन दिइने भनिएको सार्वजनिक बिदा हटाइएको पाइएपछि पर्यटनमन्त्री गिरीले प्रश्न उठाएका थिए ।
गिरीले पृथ्वीजयन्तीको दिन बिदा नदिइए बिदाको सूचि पारित गराउन आफ्नो समर्थन हुन नसक्ने बैठकमा बताएपछि दुई मन्त्रीबीच विवाद सुरु भएको बताइएको छ ।
‘पृथ्जीजयन्तीको दिन क्याबिनेटबाटै निर्णय भएको समाचार छ, कसरी अहिले एकाएक बिदा हट्यो ? ‘ भन्दै निधिमाथि गिरीले कडा प्रश्न गरेका थिए ।
जवाफमा निधिले क्याबिनेटबाट कुनै निर्णय नभएको मात्रै राजनीतिक सहमतिको आधारमा आवश्यक परे पछि बिदा दिइने समझदारी मात्रै भएको जवाफ दिएका थिए ।
त्यसपछि थप आक्रामक बनेका गिरीले यसमा आफ्नो कुनै पनि हालतमा सहमति नरहने भन्दै ‘कसरी निर्णय गर्नुहुन्छ हेरौंला’ भन्दै जंगिएका थिए ।
मन्त्रिपरिषद्को यसअघिको बैठकमा राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको सम्मानमा सार्वजनिक बिदा दिइने सहमति भएको खबर बाहिर आएको थियो । तर, आइतबारको बैठकमा पेश गरिएको बिदाको सूचीबाट भने एकाएक हटाइएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा