सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९४ जनाको परीक्षण गर्दा नयाँ ३६५ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ३ हजार ८७८ र एन्टिजेनबाट ९३ हजार २५६ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ६०९ छन् । जुन ९६.८ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७८ हजार ३५० पुगेको छ ।
अहिले ३१५ संक्रमित आइसियू र १०७ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १३ हजार १७२ र १ हजार ९५ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १४ हजार २६७ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६८ हजार ८९० पुगेको छ । पछिल्लो समय २ हजार २७५ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७९.५ रहेको छ ।
अहिले ७ जिल्लामा ५०० बढी संक्रमण र १७ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा