सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । कालो स्वरुप भएकाकारण कालरात्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ । यसदिन घरकोतमा फूलपाति पनि भित्र्याउने गरिन्छ ।
सप्तमीको दिन फूलपातिस्वरुप केरा, दारिम, धान हलेदो, माने, कर्चुर, वेल, अशोक, र जयन्ती नौ प्रकारका वस्तुहरुलाई बाजा बजाउँदै विधिवत लगेर घर भित्र अथवा कोट मन्दिरहरुमा भित्र्याउने गरिन्छ ।
डा. उत्तम उपाध्याय न्यौपानेका अनुसार कालरात्री भगवतीको पूजा गर्ने भक्त वा साधकको सम्पूर्ण दुःख, कष्ट नाश हुन्छ । अणिमा, महिमा, लघिमा, प्राप्ति, प्राकाम्य, आदि अष्टसिद्धि प्राप्त हुन्छ । कुनै पनि सांसारिक वस्तुबाट डर रहँदैन । भगवती कालरात्रीको पूजन मात्रले यो जन्म र परजन्ममा पनि कुनै प्रकारको आपत्–विपत्को सामना गर्नुपर्दैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा