सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । ‘आँखालाई माया गरौ’ भन्ने मुल नाराका साथ यस बर्ष सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दे विश्व दृष्टि दिवस मनाईदैछ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइदैछ । विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा VISION 2020 : Right to Sight कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ । बिश्व स्वास्थ्य संगठनको वल्र्ड रिर्पाेट अन भिजन २०१९ र ७३ औ बिश्व स्वास्थ्य एसेम्बली २०२० को आईपीआईसीमा बिश्व स्वास्थ्य संगठनले काम गर्देछ ।
बिश्वभर ८ सय मिलियन जनतामा मायोपीया,हाईपरमेट्रोपीया र प्रेसबायोपीया बाट पीडित छन जुन एकजोडी चस्माले निको पार्छ । बिश्वभर २.२ बिलियन नजिक वा दुरदृष्टि दोषबाट पीडित छन । एक सय मिलियन जनताहरुमा मोडरेट देखी सेभेर वा अन्धोपना छ जुन क्याटरयाक्ट सर्जरीबाट ठिक गर्न सकिन्छ । उपचारको दायरा तथा रोक्न सकिने कम्तिमा एक बिलियन मानिस दृष्टिदोष लिई बसिरहेका छन । दृष्टिदोष प्रमुखतया ५० बर्षमाथिमा छ । भर्खरै बिश्व स्वास्थ्य एसेम्बलीको ७४ औ बैठकमा सदस्यराष्ट्रहरुले २ वटा बिश्व उदेश्य २०३० मा पुरा गर्न राजी भएका छन ।दृष्टिदोषको पहु“चमा ४० प्रतिशत बढाउने र मोतियाबिन्दुको शल्यक्रियामा ३० प्रतिशत प्रभावकारी पहुच बनाउने छ ।
दृष्टिमा भएको कमीले ग्लोबल बर्डेन धेरै छ । उपचार नगरिएको मायोपीयाले अमेरिकी डलर २४४ बिलियन र प्रेस्बायोपीयाले २५.४ बिलियन अमेरिकी डलर छ ।आईसीडि ११ अनुसार भिजन ईम्पेरमेन्ट २ प्रकारका छन । दुरदृष्टि दोषमा माईल्डमा भिज्युल एक्युटि ६/१२ देखी ६/१८ भन्दा खराब,मोडरेटमा ६/६० देखी ३/३० भन्दा खराब र अन्धोपना ३/६० भन्दा खराब हो । त्यस्तै नजिक दृष्टि दोषमा एन ६ वा एम .०८,४० सेमीमा खराब, छ ।दृष्टिदोषले ब्यक्तिगत र आर्थिक असर पारिरहेको हुन्छ । बच्चामा भए भाषा,संबेदना,सामाजिक,कग्नीटिभ तब शैक्षिक अबसर कम हुन्छ ।जीवनको गुणस्तरता,काममा कम सहभागीता,उत्पादन,तथा बढी डिप्रेसन,एन्जाईटि,सोसियल आईसोलेसन,हिडाईमा कठीन,बढी खस्ने,दुर्घटना,चोटपटक र समयअगावै नर्सिङ वा केयर होममा जाने बनाईदिन्छ ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको थियो । यस लक्ष्यलाई पूरा गर्न नेपाल सरकारसंग आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायहरु सहकार्य गर्दै आइरहेको सर्वविदितै छ । नेपाल सरकारले पनि एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना (२००१–२०१९) लागु गरेको थियो । यस दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्दछ ।
विगत ३ दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैह्सरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ यद्यपि प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन आ“खा स्वास्थ्य निति अब रणनीति तर्जुमा हुदै गरेको सन्दर्भमा स्थानीय,जिल्ला तथा प्रदेशमा आ“खा स्वास्थ्य सेवा कार्यक्रमसंग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराऊदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु पहिलो प्राथमिकता बनेको छ ।
बिद्यालय भर्ना हुनुअघि विद्यार्थीको अनिवार्य आ“खा परीक्षण गराउनपर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । जस्को कार्यान्वयनका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,प्रदेश तथा स्थानीय तहसंगको सहकार्यमा प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै ५ बर्षदेखी ११ बर्षसम्मका बालबालिकाको आँखा परीक्षण गरिदैछ ।हाल प्रदेश सरकार र स्थानीय तहसंग समन्वयको काम भईरहेको छ र हरेक वडामा उपचार तथा स्थानीय तहमा आंखा उपचार केन्द्र स्थापना गर्देछ ।
पछिल्लो समय बालवालिकाहरुमा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको छ ।शहरीक्षेत्रका बालवालिकाहरुमा दुरदृष्टि कमजोर हुदै गएको छ ।कोरोना महामारीले अध्ययन समेत मोबाईल, कम्प्युटर,ल्याबटपमा सिमित हुँदा उनीहरुको नजिकको दृष्टि कमजोर हुदै गएको छ । शहरीक्षेत्रका १५ प्रतिशत बालवालिकामा चस्मा प्रयोग गर्नपर्ने अवस्था छ तर ५० प्रतिशतले चस्माको प्रयोग नै नगर्ने छन ।सरकारले आफ्नो नीति तथा कार्यक्रममा आ“खा स्वास्थ्य तथा जा“च कार्यक्रमलाई प्राथमिकता दिएको छ ।स्कुल जाने सबै बालवालिकाहरुको आँखा जाँच गराउने योजना छ ।
आँखा स्वास्थ्य सम्वन्धि केही तथ्य
नेपालमा
बिश्व स्वास्थ्य संगठनको २०२० को एक रिर्पाेटले आ“खा स्वास्थ्य सेवामा समानता नरहेको जनाएको छ ।बिश्वभर २.२ बिलियन अर्थात २ अर्ब २० करोड मानिसमा अन्धोपनाको समस्या रहेकोमा १ बिलियन अर्थात १ अर्ब अन्धोपनाका शिकार छन,जस्लाई बचाउन,उपचार गर्न सकिन्थ्यो ।अर्धविकसित देश,मध्यम आय भएका देश,ग्रामीण भेग,जेष्ठ नागरिक,महिला,अपांग,जनजाती तथा आर्थिक अवस्थाले पीछडिएका ब्यक्ति आ“खा स्वास्थ्य सेवा पाउन बञ्चित छन ।तसर्थ जनचेतना,राजनीतिक चासो तथा लगानी बढाउनपर्ने कुरामा जोड दिएको छ ।रिर्पाेटको मुख्य सार जनता लक्षित आ“खा सेवालाई बढाउने र प्राथमिक आ“खा सेवा बलियो बनाउने हो जस्ले जनता लक्षित आखा सेवा,युनिभर्सल हेल्थ कभरेज र दिगो विकास लक्ष्यलाई टेवा पुरयाउनेछ ।
अन्धोपनाका मूख्य कारणहरु:
अन्तमा,आ“खा चिसो र सफा पानीले दैनिक २ पटक पखाल्नपर्छ । आ“खा पटक पटक चलाउने तथा झिम्क्याउने गर्नपर्छ ।आ“खा मिच्ने,जे पायो त्यो औषधी राख्ने गर्नहुदैन । चस्मा लगाउनपर्छ । हरिया तथा पहेला जातका फलफुल र सागसब्जी सेवन गर्नपर्छ । भिटामीन ए राष्ट्रिय कार्यक्रममा समावेश भई क्याप्सुल खानुपर्छ।
डा. प्रकाश बुढाथोकी
प्रमुख,आँखा,नाक कान,घाँटी तथा मुख स्वास्थ्य
उपचारामक सेवा महाशाखा,स्वास्थ्य सेवा बिभाग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा