• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

      भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

      गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

      कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

      प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

      त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

      ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

      काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

      महिनाको पहिलो दिन नेप्सेमा पहिरो

      रेनुको अग्रता झन बढ्यो

      हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

      काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

      काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस

      एमाले सचिव गोकर्ण बिष्टको गृहपालिकामा नेपाली कांग्रेस विजयी

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    होमपेज / कला/मनोरञ्जन

    १८ वर्षदेखि भात खाएका छैनन् राजेश हमालले

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १३, आईतबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    अभिनेता राजेश हमाललाई भेट्ने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । मौकाले एउटा रेस्टुरेन्टमा भेट जु-यो । भेटपछि उनको जीवनको अन्तरंग पाटो खोतल्ने हुटहुटी भइसकेको थियो । सुरुमा सोचेँ, फिल्मको हिरोसँग फिल्मकै बात गरौँ । तर, फेरि सोचेँ, हमालको फिल्मी जिन्दगी त मिडियामा धेरै छाइसक्यो, नयाँ खासै के होला र ? अनि उनको शिरदेखि पाउसम्म नियालेँ ।उमेरले ५० वर्षमाथिको जिन्दगी बिताइरहेका उनको शरीरमा खासै बुढ्यौली देखिँदैन, अनुहारमा चाउरी भेट्न मुस्किल पर्छ । उनको शरीरमाथिको मेरो एकोहोरो हेराइमा, हमाल पनि केन्द्रित भए । फिस्स हाँसे, ‘जेन्टल’ हाँसो । अब मैले ‘टपिक’ सोच्न भ्याएँ, ‘राजेश हमालको लाइफस्टाइल’ । उनको ‘फिट एन्ड फाइन’ लाइफस्टाइलको राज खासै बाहिरिएको छैन, मिडियामा ।

    हमालका सहयोगी दीपेन्द्र महतोको अर्डरमा टेबलमा कफी आइपुग्यो । एउटा कप छुट्याउँदै वेटरले भने, ‘यो चिनी नहालेको’ । दीपेन्द्रले त्यो कप हमालतिर सारिदिएर अर्कोचाहिँ मलाई दिए । चिनी नखाने बानीबाटै अब हमालको लाइफस्टाइल खोतल्न मलाई ढोका खुल्यो ।कहिलेदेखि चिनीविनाको कफी दाइ ? मेरो प्रश्नको जवाफ फर्काए, ‘कफीमा मात्रै होइन, गुलियो, नुनिलो, पिरो र चिल्लो छाडेको धेरै वर्ष भयो ।’ उनले थप सुनाउन थाले, वर्षौँदेखि भातै खान छाडेको यथार्थ । ‘युगदेखि युगसम्ममा काम गर्दादेखि नै भात कम गर्दै आएको थिएँ । समयको अभावमा चिया, चाउचाउ, रोटी अन्डालगायत खाएर भोक टार्थेँ, सात–आठ वर्षसम्म यस्तै निरन्तरता चल्यो,’ हमालले भने, ‘यही लाइफस्टाइल चल्दै जाँदा महसुस हुन थाल्यो, खानामा भात कम गरेको त झनै फाइदा पो हुँदो रहेछ । अनि, भात खानै छाडिदिएँ ।’ १८ वर्षदेखि कहिल्यै भात नखाएको अनौठो लाइफस्टाइल हमालले सुनाए ।

    कसैको सल्लाह होइन, आफ्नै अनुभवले हमालले भात त्यागेछन् । भात त्यागेपछि पेट बढ्न रोकिएको र शारीरिक स्फूर्ति बढेको अनुभव पनि बसाइमा सुनाए । मैले चासो राखेँ– दाइको घरमा आए त भातै खान नपाइने पो रहेछ ? लामो हाँसोसँगै हमालले भने, ‘पाइन्छ–पाइन्छ, मधुले त पकाएर खान्छिन् नि, तर ब्राउन राइस मात्रै हुन्छ ।’ हमाल रोकिएलगत्तै सहयोगी दीपेन्द्रले थपे, ‘झन्डै दुई दशकदेखि राजेश दाइले भात खान छाडेको धेरैलाई थाहा छैन, कार्यक्रमहरूमा जाँदा पनि सामान्य खाजा लिनुहुन्छ । भात नै आयो भने खुसुक्क एक चम्चा खाएजस्तो गरेर छाडिदिनुहुन्छ । भातसँगै रोटी र मैदाबाट बनेका परिकार केही खानुहुन्न ।’

    मैले हमाललाई नै कोट्याएँ । आखिर के खान्छन् त उनी ? मैले जिज्ञासा राखेँ । उनले खानपानको दैनिकी सहजै सुनाए, ‘बिहान उठेपछि श्रीमती मधुले बेडमै हट लेमन ल्याउँछिन्, जसमा आयुर्वेदिक तितो मह अनिवार्य मिसाइएको हुन्छ । त्यसपछि दुई–तीन घन्टा कसरत गरेर शरीर ओभाएपछि विदेशी ब्रान्डका विभिन्न जुस सेवन गर्छु । ब्रेकफास्टमै हरेक दिन एउटा स्याउ खाएकै हुन्छु ।’ आडैमा रहेका दीपेन्द्रले बीचमै बोले, ‘दाइले विदेश जाँदा जुसहरू धेरै ल्याउनुहुन्छ । ब्रेकफास्टमा स्याउ नभएको वेला परे मौसमी फलफूल लिनुहुन्छ ।’

    हमालको लाइफस्टाइलका गोप्य पाटा खुल्दै थिए । उनी हतारो महसुस पनि गरिरहेका थिए । तर, म अझै खोतल्न जोड लगाइरहेको थिएँ । हमाल र दीपेन्द्रका कुरा सकिएपछि समय ‘होल्ड’ हुन नदिने कोसिस गरिरहेको थिएँ । ‘दाइले दिउँसोचाहिँ के खानुहुन्छ त ?’ मैले सोधेँ । उनले भने, ‘दिनभरमा तीनदेखि पाँचवटा अन्डा खान्छु, पहेँलो भाग फालेर । मकै, भटमासलगायत मिसाएर बनाएको सातु, हल्का काजु र किसमिस नियमित खान्छु ।’ तर, सुटिङका वेला पनि यो सम्भव हुन्छ त ? प्रश्न खस्न नपाउँदै दीपेन्द्र बोले, ‘सुटिङमा निस्किँदा दाइले खाने सबै कुरा घरबाटै तयार गरेर लगिन्छ, पानीसमेत ।’

    बाहिरको खाना सकेसम्म नखाने अभिनेता हमाललाई घरको खानामा हरियो सागपात, गेडागुडी, माछा र चिकेनजस्ता परिकार चाहिन्छ । खसीको रातो मासु भने चटक्कै छाडेका रहेछन् । सहयोगी दीपेन्द्रले भने, ‘दाइ पहिलेभन्दा अहिले झन् बढी व्यस्त हुनुहुन्छ, फिल्ममा केही पातलिए पनि देश–विदेशका कार्यक्रमहरूमा उपस्थित हुनुपर्दा व्यस्तता बढेको छ ।’हमाल हतारिएपछि पनि १५ मिनेटसम्म गफ तन्काएर मैले रोकेको थिएँ । अब, एउटै जवाफ लिएर बिदाइ गर्ने सुरमा म पुगेँ । खानामा यति धेरै ‘कन्सस’ तपाईं पिउने सवालमा दिलदार हुनुहुन्छ ? लामो हाँसो हाँस्दै हमालले दिलै खोलेर सुनाए, ‘हो म पिउँथेँ, युगदेखि युगसम्ममा खेल्नुभन्दा अघि गज्जबले पिउँथेँ । तर, त्यसपछि भने चटक्कै छोडेको हुँ । मद्यपान मात्रै मोइन, धूम्रपान, सुर्ती र पान सेवन पनि पूर्ण रूपमा त्यागिसकेको छु ।’ रेस्टुरेन्टको बसाइ टुंगियो, अर्को भेटमा अर्को कुराकानी गर्ने वाचासहित ।

    रामजी ज्ञवाली’नयाँ पत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ‘सबैको नजरमा राम्रो बन्न सकिँदैन’ : समीक्षा अधिकारी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छनौट

    बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने

    नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ आजबाट प्रशारण हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

    कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

    प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

    रेनुको अग्रता झन बढ्यो

    हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑