सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सप्तरी घट्नामा मृत्यु भएका पाँच जनाको सम्झनामा आज श्रद्धाञ्जलि सभाको आयोजना हुदैछ । झडपस्थल नजिकै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिक आज अपरान्ह आयोजना हुने श्रद्धान्जली सभामा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु आज सप्तरी जाँदैछन् ।मोर्चा आबद्ध संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पाटीका अध्यक्ष महेन्द्रराय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा सप्तरी जानु हुने छ ।
श्रद्धान्जली सभामा मोर्चाका शीर्ष नेताहरुका सहित संघिय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन, ताम्सालिङ संयुक्त संघर्ष समितीका संयोजक जय गोले र शेर्पा स्वायत प्रदेश संयुक्त आन्दोलन परिचालन समितीका संयोजक लाक्पा सेर्पा समेत सहभागिता जनाउने कार्यक्रम तय भएको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।फागुन २३ गते एमालेको मेचीमहाकाली अभियानमा अवरोध पु¥याउने क्रममा प्रहरीसंग भएको झडपमा सप्तरीको मलेठमा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा