सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रसिद्ध स्मार्टफोन उत्पादक कम्पनी भीभोले दशैंको उपलक्ष्यमा ‘भीभो लक्की ड्र अभियान’ आयोजना गरेको छ । उक्त आयोजनामा प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुले आकर्षक उपहार जित्न सक्नेछन् । अक्टोबर १ तारिख देखि नोभेम्बर १५ सम्म भीभो स्मार्ट फोन खरीद गर्ने ग्राहकले यो अभियानमा सहभागिता जनाउन पाउनेछन् ।
दशैं भीभो लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरुले उपयोगी एवं आकर्षक उपभोग्य सामग्री जस्तै एलजीका होम अप्लाएन्सेन्, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एंकर गेमिङ्ग हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स् र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्नेछन् ।
भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘हाम्रा ग्राहकहरुबाट पाएको माया प्रति हामी अत्यन्त आभारी छौँ र नेपाली जनतालाई थप अन्य आकर्षक उत्पादन प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ । उहाँले भन्नुभयो गत वर्ष हामीले ग्राहकहरुका लागि आकर्षक उपहारहरु पाउने अवसर दिएका थियौँ भने यस वर्ष अझ बढी र गुणस्तरीय उपहार प्रदान गर्ने अभिलाषा सहित यो लक्की ड्र अभियान प्रस्तुत गरेका छौँ ।’
निर्धारित योजना अवधिभर भीभोका उत्पादन खरीद गर्ने ग्राहकले यसमा सहभागिता गर्न सक्नेछन् । यसका लागि भीभोको वेभसाइटमा लग इन गरी वा उपलब्ध गराइएको क्यू आर कोड स्क्यानिङ्ग गरी आफूलाई सहभागी गराउनुपर्नेछ । विजयीहरुको घोषणा लक्की ड्र« मार्फत तुरुन्तै गरिने छ र उनीहरुको उपहार भीभो मार्फत जानकारी गराइनेछ । पुर्ण जानकारी भीभोको वेभसाइटमा प्राप्त गर्न सकिनेछ ।
भीभो स्मार्ट फोन कुनै पनि भीभोको विशेष स्टोर वा आधिकारिक खुद्रा विक्रेता पसलबाट खरीद गर्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा