सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
शुक्रबारबाट ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ ।
आजको बैठकमा विधान महाधिवेशनमा पेश गरिने ति प्रस्तावमा छलफल गर्न गठित दशवटा समूहले छलफल गरेपछि टोली नेताले रिपोर्ट प्रस्तुत गर्नेछन् ।
यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठक छलफल भइरहेको हो ।
बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा