• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

      प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

      धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

      पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

      काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

      पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

      सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन समितिलाई सहयोग गर्न गृह मन्त्रालयको आग्रह

      सौदर्य प्रतियोगीताको नाममा बालिका बलात्कारको आरोपी मनोज पाण्डे पक्राउ

      सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

      बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

      गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

      प्रधानपञ्चदेखि स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता : गुमानसिंह अर्याल

      धनगढीको मेयरमा स्वतन्त्र उमेदवार हमालको जित सुनिश्चित

      बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

      जुम्लामा काँग्रेस र माओवादीको नेतृत्व

    होमपेज / पत्रपत्रिका

    हिल्टन होटल प्रकरण : जगदम्बा ग्रुपको यस्तो ‘बदमासी’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १३, आईतबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    काठमाडौ – जगदम्बा हस्पिटालिटीले क्षतिको पूर्वआकलन नगरीकनै होटेल हिल्टन निर्माणकार्य सुरु गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको क्षतिपूर्ति मूल्यांकन समितिले उक्त बेहोराको प्रतिवेदन बुझाएपछि यस्तो रहस्य खुलेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

    जगदम्बाले होटेलको जग खन्ने क्रममै पुनर्विचार नगर्दा ग्रान्ड होटेलका मालिक रामअवतार गोयललगायत अन्यको घरमा क्षति पुगेको र सडक भासिएको पाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘होटेल बनाउने क्रममा जमिन खोतल्दा नै वरिपरिको जमिन भासिएको पाइयो । पश्चिमतर्फ गोयलको घर सुरक्षित गर्न राखिएका पाइपले जमिन तथा घरको पूर्ण भार थेग्न नसकेपछि भासिएको हो, साइट प्रोटेक्सनको कुनै पनि मापदण्ड पूरा गरेको देखिएन ।’ जगदम्बाको लापरबाहीका कारण गोयलको घर अहिले भासिएर पूर्वतर्फ ढल्किएको प्रतिवेदनमा उल्लेख छ ।

    होटेल निर्माण क्षेत्रवरिपरिको संवेदनशीलता, सम्पत्ति नासको परिणाम र फिल्डको अन्य अवस्था हेर्दा पश्चिमतर्फको क्षेत्र सुरक्षित गर्न दुई पक्षका विज्ञ परिचालन गर्न समितिले सुझाएको छ । क्षतिपूर्ति मूल्यांकन समितिले क्षतिको मूल्यांकन यकिन गर्न नसकेपछि विज्ञ लगाउनुपर्ने राय पेस गरेको छ । ‘जियोग्राफिकल इन्जिनियर र रेट्रोफिट डिजाइन गर्ने स्ट्रक्चरल इन्जिनियरसमेतको राय एवं दुवै पक्षको सहमति आवश्यक पर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘महानगरपालिकाका तर्फबाट निर्णय सदस्यसमेतको संलग्नता हुने गरी पुनः संयुक्त फिल्ड निरीक्षण गरेर क्षति मूल्यांकन गर्दा वास्तविक क्षतिको अवस्था प्रष्ट हुन्छ ।’

    यी कुनै मापदण्ड पूरा भएनन्
    – माटो परीक्षण अनिवार्य
    – वातवरणीय प्रभाव मूल्यांकन
    – साइट प्रोटेक्सन अनिवार्य
    – फाउन्डेसन गर्दा लेभल मिलाउनुपर्ने
    – सँधियारसँग अनिवार्य स्वीकृति
    – निर्माण सामग्रीको टेस्ट रिपोर्ट बुझाउनुपर्ने

    महानगरपालिकाले भवन निर्माण इजाजत विभागका इन्जिनियर वीरबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । प्रतिवेदन बुझेपछि महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले कानुन अधिकृत हरिमाया घिमिरेलाई भवन निर्माण इजाजत विभागसँग समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिएका छन् । होटेल हिल्टन निर्माणका लागि महानगरपालिकाले उपत्यका विकास प्राधिकरणसँगको समन्वयमा नक्सा पास गरेको देखिए पनि उसको दोहोरो भूमिका देखिन्छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशार्थ निर्माणकार्य रोक्का पनि महानगरपालिका आफैंले गरेको छ । त्यसैगरी पुनः जगदम्बाबाट निर्माणकार्य नरोक्न आग्रह गरे पनि रोक्का फुकुवासमेत महानगरपालिका आफैंले गरेको छ । महानगरपालिकाका एक उच्च अधिकृत भन्छन्, ‘त्यति सानो क्षेत्रफलमा गगनचुम्बी होटेल बनाउन स्वीकृति दिनेक्रममा गलत मनसायबाट नक्सापास स्वीकृत गरिएको छ । यसमा ठूलै रकमको चलखेल छ ।’ हचुवाका भरमा प्लिन्थ लेभलसम्मको नक्सा पास गरेको उनले बताए ।

    मापदण्ड पूरा नगरी नक्सा पास
    जगदम्बाले भवन आचारसंहिताअनुरुप मापदण्ड पूरा नगरी नक्सा पास गरेको छ । भवन आचारसंहिताको दफा १४.७ मा १७ मिटर वा पाँच तलाभन्दा अग्लो भवन निर्माणमा माटो परीक्षण अनिवार्य हुन्छ । यसका लागि खानी तथा भूगर्भ विभागले माटो परीक्षण गरी निर्माणयोग्य भनेपछि मात्र अनुमति दिन सकिने प्रावधान छ ।

    वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी होटेल बनाउन सुरु गरेको जगदम्बाले महानगरपालिकाका उच्चपदस्थलाई आर्थिक प्रलोभनमा पारेर नक्सा पास गरेको हो । महानगरपालिका एक इन्जिनियरले भने, ‘यति ठूलो प्रोजेक्टमा महानगरपालिकाबाट एउटा पनि इन्जिनियरलाई खटाइएको छैन । माथिल्लो दबाब आएपछि झारो टार्ने गरी मात्रै बेलाबेलामा पठाउँदै आएका छन् ।’ उनले हिल्टनको निर्माणकार्य सुरु भएर एकैपटक बेसमेन्ट ढलान गरिसकेपछि मात्रै इन्जिनियर खटाएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

    धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

    पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

    काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

    गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

    बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

    भरतपुरमा ६१३८ मतान्तरले रेनुको अग्रता

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑