सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको आमा बन्नुभएको छ । नायिका कार्कीले छोरीलाई जन्म दिनुभएको हो । सामाजिक संजाल फेसबुकमा २ तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गर्नुभएको छ । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्की जोशीलाई स्वागत छ भनेर लेख्नुभएको छ ।
तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिनुभएको छ । यसअघि नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं. २०७६ साल फागुण १६ गते बिबाह गर्नुभएको थियो । सामाजिक सञ्जालमा कार्कीलाई बधाई तथा शुभकामना दिनेको पनि भिड लागेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा