सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६२२ को परीक्षण हुँदा १ हजार ३३० संक्रमित थपिएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ३३५ सघन र १०७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ८३० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २५० र होम आइसोलेशनमा रहेको संख्या २० हजार १६४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ३६० छ ।
देशमा सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ५६ लाख २८ हजार ७९२ छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.१ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७२.५ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ९ छन् भने २०० माथि संक्रमित रहेका २० जिल्लाहरु छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा