सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुई जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ ।
उनीहरू १ सेप्टेम्बरका दिन १०७ वर्ष ३०० दिनका हुँदा त्यस्तो प्रमाणित गरिएको हो ।
बीबीसीका अनुसार उमेनो सुमियामा र कोउमी कोदामले यसअघि जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।
सन् १९१३ को नोभेम्बर ५ का दिन सोदोसिमा टापुमा जन्मिएका उमेनो र कोउमी निकै मिलनसार व्यक्तिका रूपमा परिचित छन् ।
यो घोषणा सोमवार ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्ने दिनको अवसर पारेर गरिएको हो ।
त्यस दिन जापानमा राष्ट्रिय बिदा दिइन्छ ।
कोभिड महामारीका कारण जापानका फरकफरक ठाउँमा रहेका उनीहरूलाई भिन्दाभिन्दै प्रमाणपत्र पठाइएको थियो ।
यसअघिका किन र जीन १०७ वर्ष १७५ दिनको कीर्तिमान कायम गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा