सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको श्रृङ्खलाका चार खेलमध्ये नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो ।
नेपालले चौथो खेलमा ओमानलाई सात विकेटले र पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।नेपाल लिग–२ को चौथो स्थानमा छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेलेको थियो । नेपालले श्रृङ्खला २–० ले जितेको थियो । नेपाली टोलीसँगै गएका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका कारण फर्किएनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा