सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम । देशभरि ३ असोजमा संविधान दिवस मनाइरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने आज संविधान दिवसलाई कालो दिनका रूपमा लिएको छ ।
मधेसी जनताको हक, अधिकार तथा भावनाविपरीत आएको संविधान संशोधन नभएसम्म लोसपाले संविधान दिवसलाई अवसरमा कालो दिनका रूपमा लिने निर्णय गरेको छ । मधेसी जनताको रक्तपातबाटर आएको संविधान आफूहरूलाई मान्य नहुने भन्दै लोसपाले आइतबार मधेसका जिल्लाहरूका सदुरमुकाममा प्रदर्शन गरेको छ । लोसपाका नेता तथा कार्यकताहरूले ‘आशिन तीन कारी दिन’ लेखिएका ब्यानरसहित जनकपुर बजारमा प्रदर्शन गरेका छन् ।
स्थानीय जनकचोकबाट निकालिएको विरोध जुलुस शिवचोक, भानुचोक, कमदचोक, शिवचोक हुदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा लोसपाका नेताहरूले संविधानलाई संशोधन गरी मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका सामुदायलाई जनसंख्या र समावेशी अधिकार संविधानमा सुनिश्चत नभएसम्म आफूहरूले यस संविधानलाई स्वीकार नगर्ने धारणा राखेका थिए ।
यता, प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले भने संविधान दिवसमा मौन बस्ने र कुनै प्रकारको कार्यक्रम नगर्ने निर्णय गरेको छ । संविधानभित्रै रहेर सरकारको नेतृत्व गरिरहेको तर त्यसभित्र रहेका त्रुटिहरू नसच्चिएसम्म संविधान दिवस नमनाउने जसपाका नेताहरूको भनाइ छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा