सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा ७३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ नमूना परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
७ हजार ३०४ जनाको आरटी पीसीआर र २ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआरबाट ६६५६ र एन्टिजेनबाट ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४०९ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ८४ हजार ५६६ र एन्टिजेनबाट ८८ हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, ७ लाख ४९ हजार २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा