सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । आज साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । यद्यपी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।
गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा